काठमाडौं । चन्दागिरि नगरपालिका वडा नं ११ सतुङगल चोक स्थित एक कम्पलेक्समा लागेको आगो नियन्त्रणमा आएको छ ।

बिहीबार बिहान करिव साढे ५ बजेबाट लागेको आगो साढे ७ बजे नियन्त्रणमा आएको हो ।आगलागी नियन्त्रणका लागि चन्दागिरि नगरवाट १,ललितपुरबाट १,जुद्द बारूणयन्त्रबाट २, नेपाली सेनाको १ र नेपाल आयल निगम थानकोटबाट १ गरि ६ वटा दमकल परिचालित भएका थिए । त्यस्तै चन्द्रागिरि नगर प्रहरी,स–शस्त्र प्रहरी, प्रहरी बृत्त थानकोटका प्रहरी,बलम्बु प्रहरी सहित १ सय भन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । आगलागीका कारण कम्पेलक्सको उत्तर पट्टीका पसलहरु जलेर पूर्ण क्षति भएको छ । त्यहाँ कपडा पसल, खाद्य पसल, पुजा सामाग्री रहेको पसल,बुटिक,जुत्ता पसलहरु रहेका थिए । आगो नियन्त्रणमा आएका कारण कमप्लेक्सको दक्षिण पट्टीको पसलहरु भने सुरक्षित रहे ।

सतुंगलको आर आर कम्पलेक्समा विधुत सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीले प्ररम्भिक अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय