काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुङगल चोक स्थित एक कम्पलेक्समा लागेको आगोका कारण ६ करोढ ३९ लाखको क्षति भएको प्ररम्भिक मुल्याङ्कन भएको छ ।
आगलागी बाट कपडा पसल, खाद्य पसल, पुजा सामाग्री रहेको पसल,बुटिक,जुत्ता पसलहरु लगायत डेढ दर्जन पसल पुर्ण क्षति भएको हो । बिहीबार बिहान ५ः३० बजे लागेको आगो नियन्त्रणमा लिन चन्दागिरि नगरवाट १,ललितपुरबाट १,जुद्द बारूणयन्त्रबाट २, नेपाली सेनाको १ र नेपाल आयल निगम थानकोटबाट १ गरि ६ वटा दमकल त्यस्तै चन्द्रागिरि नगर प्रहरी,स–शस्त्र प्रहरी, प्रहरी बृत्त थानकोटका प्रहरी,बलम्बु प्रहरी सहित १ सय भन्दा बढी सुरक्षाकर्मीलाई २ घण्टा लागेको थियो ।आगलागी भएसंगै बागमती प्रदेश सांसद यमुनादेबी श्रेष्ठ,चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी,उपप्रमुख बसन्ती श्रेष्ठ ,जनप्रतिनिधीहरु उक्त स्थानमा पुगेका थिए ।

आगलागी पश्चातको कमप्लेक्सको अवस्था,व्यापारीहरुको दुखेसो र पिडा,प्रहरीको सक्रियता सहितको फिल्ड रिर्पोट जस्ताको तस्तै ।
https://www.facebook.com/share/v/1GEzfsqhgK/

