काठमाडौं । चन्द्रामगिरि नगरपालिका –११ सतुंगल स्थित एक कमप्लेक्समा भएको आगलागी पिडितलाई चन्द्रागिरि नगरपालिकाले राहल उपलब्ध गराउने भएको छ ।
बिहीबार सम्पन्न नगरपालिकाको ९४ औं बैठकले अग्नी पिडित प्रत्येक पसललाई २५ हजार रुपैयाँको दरले प्ररम्भिक राहत उपलब्ध गराउने निर्णय भएको वडा नम्बर ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिए । आगलागी भएसंगै बागमती प्रदेश सांसद यमुनादेबी श्रेष्ठ,चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी,उपप्रमुख बसन्ती श्रेष्ठ ,जनप्रतिनिधीहरु उक्त स्थानमा पुगेका थिए ।नगरप्रमुख घनश्याम गिरीले स्थलगत अवलोकन गर्दै बिपदको अवस्थामा नगरपालिका साथमा रहेको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । उनले बिहीबारको कार्यपालिका बैठकलेनै केहि राहतका बिषयमा निर्णय गर्ने उल्लेख गरेका थिए ।उनलाई वडाध्यक्ष श्रेष्ठले आगलागी र व्यबसायीहरुको पिडाका बिषयमा स्पष्ट बनाएका थिए । बिहीबार बिहान लागेको आगोका कारण ६ करोढ ३९ लाखको क्षति भएको प्ररम्भिक मुल्याङ्कन भएको छ । आगलागी बाट कपडा पसल, खाद्य पसल, पुजा सामाग्री रहेको पसल,बुटिक,जुत्ता पसलहरु लगायत डेढ दर्जन पसल पुर्ण क्षति भएको हो ।
बिहीबार बिहान ५ः३० बजे लागेको आगो नियन्त्रणमा लिन चन्दागिरि नगरवाट १,ललितपुरबाट १,जुद्द बारूणयन्त्रबाट २, नेपाली सेनाको १ र नेपाल आयल निगम थानकोटबाट १ गरि ६ वटा दमकल त्यस्तै चन्द्रागिरि नगर प्रहरी,स–शस्त्र प्रहरी, प्रहरी बृत्त थानकोटका प्रहरी,बलम्बु प्रहरी सहित १ सय भन्दा बढी सुरक्षाकर्मीलाई २ घण्टा लागेको थियो ।

