काठमाडौं । काठमाडौंमा मात्र नभई मध्य र पूर्वी नेपालभर बिजुली आउने जाने भइरहेकोे छ ।
नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारणलाइन ढल्केबर–मुजफ्फरपुरको भारत तर्फ समस्या आउँदा देशभर बिजुली आउने–जाने भइरहेको जनाएको छ । भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४ सय केभी ढल्केबर–मुजफ्फरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा लाइने जाने आउने गरेको प्राधिकरणले बताईरहदाँ उपभोक्ताहरुले भने सामाजिक सञ्जालमा लोडसेडिङको तालिका माग्न थालेका छन् । एकै पटक सिस्टम बन्द भएकाले बिजुली आपूर्तिमा समस्या भइरहेको हो ।
नेपालको पूर्व र पश्चिम दुवैतर्फबाट विद्युत् आपूर्ती गर्न काम भइरहेकाले केहि समय लाग्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय