काठमाडौं । पूर्व मन्त्रि एवं बागमती प्रदेश सभा सदस्य रमा आले मगर बिगत डेड महिना देखि अस्वस्थ हुनुहुन्छ ।
सांसद आलेलाई आन्द्रामा अल्सर भएको हो । निक्कै समयदेखि पेटमा समस्या भएपनि ग्याष्ट्रिकको औषधी खाई समाज सेवामा तल्लीन आले पछिल्लो समय भने पेट पोल्ने,पेट फुल्ने साथै नाकबाट रगत बग्न थालेपछि स्वास्थ्य परिक्षणमा जानु भएको हो । डक्टरले स्वास्थ्य परिक्षणका क्रममा अल्सर भएको र थप परिक्षण र उपचारका लागी भारत जान सल्लाह दिएपछि उहाँ बैशाख ९ गते भारतको नयाँ दिल्ली स्थित फ्रोटिज मेमोरी अस्पतालमा स्वास्थ्य परिक्षणको लागि जानुभएको थियो । परिक्षण पश्चात ११ दिनपछि काठमाडौं फर्कनु भएकी आले अहिले चन्द्रागिरि –३ माटिखेल स्थित निजी निवासमा आराम गरिरहनु भएको छ ।
डेड महिनाको बिचमा उहाँको ६ किलो तौल घटेको छ भने डक्टरको सल्लाह बमोजीम दैनिक १२ थरिको औषधी सेवन गरिरहनु भएको छ ।
प्रदेश सभामा बजेट अधिबेशन भईरहदाँको अवस्थामा अस्वस्थताका कारण आफ्नो क्षेत्रको बिकासका योजनाहरु प्रदेश सरकारमा लान नसक्ने पो होकी भन्ने आशंका र दुखेसो हुदाँहुदै पनि चाडैनै स्वास्थ्य लाभ गरि राजनैतिक सक्रियता बढाउने आत्मबल उहाँमा देखिन्छ । जनसरोकार र बिकासका बिषयमा निक्कै सक्रिय आलेले समयमा खानपान र आरामलाई वास्ता नगर्दा स्वास्थ्य समस्या आएको डक्टरहरुले बताएका छन । कार्यकर्ता र नागरिकको गुनासो सम्बोधनका लागि २४ सै घण्टा सक्रिय रहने आलेको खानपानको ठेगान हुदैन्थ्यो । पेट फुल्ने/पोल्ने समस्या हुदाँको बखत ग्याष्ट्रिकको औषधी खादै कार्यक्रममा सक्रिय रहनुहुन्थ्यो । खानपानमा हेलच्यक्रयाई र बढदो उमेरका कारण रोगले च्याप्दै गएको परिवारको बुझाई छ । आले, काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ बाट बागमती प्रदेशका लागि ,नेकपा(एकिकृत समाजवादी) बाट प्रत्यक्ष निर्वाचित बिकासप्रेमी सांसद हुन ।

