काठमाडौं । गायक जवान मालीको स्वरमा नेवारी गीत छिट्टै बजारमा आउदै छ ।

२ दशक देखि संगितीक क्षेत्रमा सक्रिय रहेका मालीले पहिलो पटक आफ्नै स्वरमा नेवारी गीत गाएका हुन । जवान बिसौं बर्षदेखि संगित क्षेत्रमा परिचित नाम हो उनले वेस गितार बजाउदै आएका छन । धेरैजसो लाइभ म्युजिकमा उनले बजाएको गितारले गीतमा झनै जिवन्तता दिएको छ । ग्वाःनन बोलको नेवारी गीत रोमान्टिक बिधामा रहेको जवानले बताए । गीतमा सुरज मालीले म्युजिक एरेन्ज तथा कम्पोजिसन गरेका हुन ।नेपाली फिल्मका गीत,पाश्र्व संगित,पप,तामाङ्ग सेलो लगायत सैयौं गीतमा म्युजिक एरेन्ज तथा कम्पोजिसन गरिसकेका मालीको संगितिक यात्रामा यो पहिलो नेवारी गीत हो ।मंगलबार गीतमा सारंगी,खिँः र गितार लगायत बाजा–गाजाको काम भएको हो ।नेवारी तथा पाश्चात्य संगीतको समायोजन गरि गीत तयार पारेको सुरजले बताए ।

गीतको शब्द लेखक प्रेमकृष्ण श्रेष्ठले गरेका हुन ।म्युजिक नेपालको स्टुडियोमा रेकर्ड भईरहेको गीत जेठको अन्तिम सम्म बजारमा आउने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय