काठमाडौं।प्रहरी वृत्त थानकोटमा भने प्रहरी सहायक हवल्दार नारायण थपलिया बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुदै प्रशंसा पत्र प्राप्त गरे । थपलियालाई बृत्त प्रमुख डिएसपी एलिजा गिरीले कदरपत्र प्रदान गरेकी हुन ।
यता, प्रहरी प्रभाग बलम्बुले बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । प्रहरी सहायक निरीक्षक निर्मल राउत बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन । प्रहरी कार्यमा प्रभावकारी भुमिका निर्वाह गरि सर्वसाधारण नागरीकलाई सुरक्षाको अनुभुति गराई प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा उनले पुर्याएको भन्दै प्रभागले योगदानको कदर गर्दै राउतलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।प्रहरी प्रभाग बलम्वुका प्रमुख,प्रहरी निरिक्षक लक्ष्मी खडकाले राउतलाई प्रशंसा पत्र प्रदान गरेकी हुन । प्रशंसा पत्रमा भनिएको छ –आगामी दिनमा यस कार्यालयको वडा एरिया भित्र अपराध रोकथाम र नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपुर्ण योगदान पुर्याउनु हुनेछ भन्ने बिश्वास लिएका छौं।
प्रहरी निकायले मनोबल बृद्धी र कार्य क्षमतामा निखारताका लागि प्रत्येक महिना कार्य दक्षता र कार्य सम्पादनका आधारमा उत्कृष्ट प्रहरी घोषित गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय