काठमाडौं । त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे खण्डको नागढुङ्गा पिपलामोड सडक सुधार गर्नुपर्ने भएकाले आंशिक बन्द गर्न लागिएको हो ।
नागढुङ्गा मुग्लिङ्ग सडक योजना (पुर्वी खण्ड)ले सुचना जारी गर्दै १५ दिनका लागि बिहान साढे १० बजे देखि दिउसो ३ बजेसम्म सवारी आवागमनमा रोक लगाउने भएको हो । जेठ १० गते देखि उक्त समयमा नागढुङ्गा – नौबिसे खण्डमा सवारी साधन चल्न पाउने छैनन । सवारीसाधनहरु रोकी निर्माण कार्य गर्नुपर्ने भएकोले उक्त सडकमा भारी तथा हलुका सवारीसाधनहरु रोकिने व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा जानकारी गराइन्छ योजनाद्वारा जारी सुचनामा उल्लेख छ ।सो मिति र समयमा काठमाडौं बाट नौबिसेतर्फ जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमा र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी साधन खानीखोला बजारमा रोकिनेछन ।योजनाले उक्त अवधीमा सीतापाईला–रामकोट–धार्के सडक वा सामाखुसी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी सडक बैकल्पिक सडकका रुपमा प्रयोग गर्न समेत अनुरोध गरेको छ । दमकल,एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधनलाई भने रोक नलगाईएको सडक योजनाले जानकारी दिएको हो । सवारी साधन संचालनमा रोक जेठ २५ सम्म लगाईने भएको हो ।
(नागढुंगा-पिपलामोड सडक खण्डको दुरावस्था)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय