काठमाडौं । चन्द्रागिरि नगरपालिकाको सहयोग तथा अपाङ्गता –अभिभावक समाज नेपालको आयोजनामा नगरस्तरीय बोसिया खेलकुद प्रशिक्षण एवं प्रतियोगिता भएको हो ।
प्रतियोगिताको उद्घाटन तथा सुभारम्भ गर्दै चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले फरक क्षमता भएकाहरुको हक अधिकारका लागि बिभिन्न संघसंस्थाहरुसंगको सहकार्य ,सहजिकरण र समन्वयन गर्दै अगाडि बढेको बताए । उनले मस्तिष्क पक्षाघात बौद्धिक अन्य अपाङ्गता भएका व्यक्तिहरुको लागि आयोजना गरिने यस्ता प्रतियोगितकामा चन्द्रागिरि नगरपालिकाले नेतृत्व गर्दै संम्भव भए उपत्यकाव्यापी पालिका स्तरीय नत्र जिल्ला स्तरिय प्रतियोगिता आयोजना गर्न व्यबस्थापनमा सहकार्य गर्न सकिने बताए । चन्द्रागिरि नगरपालिका क्षेत्रमा रहेका फरक क्षमताका व्यक्तिहरुलाई अन्य पालिकामा फरक क्षमताका भएकाहरुसंग प्रतिष्पर्धा गराउने अबस्था श्रृजना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नगरप्रमुख बसन्ती श्रेष्ठले प्रतियोगिताले फरक क्षमता भएकाहरुमा मनोरञ्जनका साथै ज्ञान,रमाइलो,आन्नद र खुशी बनाएको बताइन । उनले यस्ता प्रतियोगिताले अभिभावकहरु बिच थप छलफल र परामर्श हुने भएकाले भोगाइ र व्यबहारीकताका कठिनाईमा स्वीकारी सुखि जिबन बिताउन प्रेरित गर्ने बताइन । उनले फरक क्षमता भएकाहरुको हित र प्रोत्साहनका लागि थप कार्यक्रम ल्याउन सुझाव दिइन । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका शिक्षा शाखा प्रमुख सुजनराज खनालले प्रतियोगिता नियममा बाधिने भएकाले नियमलाई आधार मानेर जित्न सक्ने बनाउनका लागि अभिभावकले राम्ररी प्रशिक्षण दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा चन्द्रागिरि नगर क्षेत्रमा रहेका फरक क्षमता भएकाहरुको तथ्यांक संकलन गरिनु पर्ने र प्रोफाइल बनाउनु पर्नेमा जोड दिइएको थियो । बिभिन्न संघ संस्थाले संकलन गरेको तथ्यांकमा नगर क्षेत्रमा २ हजार ३ सय ५२ जना फरक क्षमता भएकाहरु रहेको भएतापनि नगरको तथ्यांकमा भने जम्मा ५ सय मात्र देखिएकाले सहि तथ्यांक र गुमनाम रहेका १५ सय भन्दा बढी अपाङ्गता भएकाहरुको खोजि गर्न सुझाव दिइएको छ । साथै प्रतियोगिता लगायत अन्य कार्यक्रममा जाँदा व्यबहारीक कठीनाईका तथा खर्चिलो हुने गरेका कारण नगरको आर्थीक नियमावलीमा पुनर्बिचार गर्नुपर्नेमा जोड दिइएको छ । प्रतियोगितामा फरक क्षमता भएका २८ जना खेलाडि सहभागि छन । बिहीबार प्रशिक्षणत्मक कार्यक्रम हुने र शुक्रबार प्रतियोगिता संचालन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा एनब्याड को सहकार्य रहेको छ ।चन्द्रागिरि नगरपालिकाको प्रङ्गणमा बिहीबार सुरु भएको प्रतियोगिता शुक्रबार सम्म संचालन हुनेछ ।
https://www.facebook.com/share/v/16HCAfdJQv/
बोसिया खेल,पारा ओलम्पिकको अफिसियल खेल हो । बोसिया खेल सन १९८४ को न्युयोर्क पारा ओलम्पिक खेलबाट सुरु भएको थियो । पारा ओलम्पिकमा बोसिया खेलको ११ संस्करण सक्किइसकेको छ । प्रत्येक ४/४ बर्षमा आयोजनाहुने पारा ओलम्पिकको १२ औं संस्करण भने सन २०२८ मा अमेरिकामा आयोजना हुनेछ ।

