काठमाडौं । चन्द्रागिरिमा एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने भन्ने शिर्षकका समाचार पढेको २०७८ कार्तिक ७ गते देखि हो ।
समाचारका शिर्षक तथा सरोकारवालाको कार्य शैली परिमार्जित हुदै आउदाँ समाचारका शिर्षक बदलिएका छन । समय भने ४ बर्ष बितिसकेको छ ।

यो ४ बर्षको बिचमा चन्द्रागिरि नगरबासीले अस्पताल आजै बन्यो!भोलि बन्यो! बन्न लागि सक्यो !भन्ने कैयौ भाषण नसुनेका होइनन,समाचार नपढेका होइनन। तथापी ४ बर्ष अघि जनतामा देखाइएको आशा,भरौसा कार्यान्वयनमा नआएपनि बेला बेलामा अस्पताल बन्न लाग्यो भन्ने तरंग भने आइरहेका छन ।




हामीले देखाउने गरेका सपना र कार्यान्वयन स्तरको ज्वलन्त उदाहरण बनेको छ चन्द्रागिरिमा एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने भन्ने शिर्षकका समाचारहरु । आज हामीले चन्द्रागिरिमा प्रसुति अस्पताल बन्दै भन्ने शिर्षकमा बिभिन्न काल खण्डमा सम्प्रेशित समाचारका संगालो तपाईको माँझमा प्रस्तुत गरेका छौं ।

ति समाचारका शिर्षक र प्रकाशित मिति हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा पनि गरेका छौं ।

