मस्तिष्क पक्षाघात/बौद्धिक/अन्य अपाङ्गता भएका व्यक्तिहरुको
नगरस्तरीय बोसिया खेलकुद प्रशिक्षण एवं प्रतियोगिता
काठमाडौं । चन्द्रागिरि नगरपालिकाको सहयोग तथा अपाङ्गता –अभिभावक समाज नेपालको आयोजनामा नगरस्तरीय बोसिया खेलकुद प्रशिक्षण एवं प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।
प्रतियोगितामा फरक क्षमता भएका २८ जना खेलाडि सहभागि थिए ।बौद्धिक तथा अपाङ्गता र मस्तिष्क पक्षाघात सहितलाई मिसायर २ समुहमा बिभाजन गरि प्रतियोगिता संचालन भएको हो । समुह क अन्तरर्गत गोविन्द खनाल, खिल प्रसाद ढुंगाना र उमेश तामाङ्गको समुह प्रथम भएको हो । त्यस्तै समुह ख बाट रुजिना सिग्देल,रोशनी तिमिल्सीना र लहना महर्जनको समुहले प्रथम स्थान प्राप्त गरेको हो ।
प्रतियोगितामा सहभागी भई पहिलो,दोश्रो, तेश्रो भएकालाई चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी,उपप्रमुख बसन्ती श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका हुन ।
अन्य सहभागिलाई सान्त्वना पुरस्कार प्रदान गरिएको हो ।प्रतियोगिता चन्द्रागिरि नगरपालिकाको प्रङ्गणमा बिहीबार सुरु भएको थियो भने शुक्रबार सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय