काठमाडौं । चन्द्रागिरि नगरपालिका १२ स्थित गुरुजुधारामा दुर्घटना भएको हो ।
तिब्र गतीमा थानकोटबाट आइरहेको थानकोट नगर यातायातको बा २ ख ९३७९ नम्बरको बसको ठक्करबाट २ जना घाइते भएका छन । चन्द्रागिरि –१० बस्ने बर्ष ६१ का सुरेन्द्र बहादुर थापा र उनकी श्रीमती ६० बर्षिय सुनिता थापा घाइते भएको ट्राफिक प्रहरी कार्यालय थानकोटले जानकरी दिएको हो । घाइतेहरुको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।आइतबार दिउसो सवाँ १२ बजे दुर्घटना भएको हो । एउटै रुटमा चल्ने २ सवारीको तिब्र प्रतिष्पर्धा र तिब्र गतीका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । बसले २ जनालाई ठक्कर दिनुका साथै नजिकै रोकीराखेको मोटरसाइकलमा पनि ठक्कर दिएको उनीहरुले जानकारी दिए ।
स्थानीय रुटमा चल्ने सवारी बिचको तिब्र प्रतिष्पर्धाका र तिब्र गतिका साथै लापसे सेवन गरी सवारी साधन चलाउने र यान्त्रिक खराबीका कारण पछिल्लो समय नागढुंगा कलंकी सडक खण्डमा दुर्घटना बढदो छ ।

