काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा रहेको चन्द्रागिरि ब्याडमिन्टन क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।
चन्द्रागिरि नगरक्षेत्रमा रहेका सामुदायीक र संस्थागत गरि २३ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन । प्रतियोगितामा १ सय १९ छात्र र ७१ छात्राले प्रतिष्पर्धा गर्नेछन । १२ र १५ बर्ष मुनिका छात्र त्यस्तै १२ र १५ बर्ष मुनिका छात्रा गरि ४ समुहमा बिभाजन गरि प्रतियोगितामा प्रतिष्पर्धा भइरहेको हो । प्रतियोगितामा आजको खेल भने चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ स्थित महांकाल ब्याडमिन्टन क्लवमा छात्र र वडा नम्बर ४ स्थित थानकोट कबर्डहलमा छात्राको खेल भईरहेको हो ।मंगलबार देखीका सबै खेल भने महांकाल ब्याडमिन्टन क्लवमा हुने आयोजकले जानकारी र्दिको हो । विद्यालय स्तरबाटनै खेल क्षेत्रमा छात्रछात्रालाई प्रेरित गर्ने र चन्द्रागिरि नगरपालिका र प्याव्सनलाई बिद्यार्थीको खेलकुद आकर्षण प्रति अभिप्रेरित र जिम्बेवार बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको हो ।
सोमबार एक औपचारिक कार्यक्रमका बिच चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले प्रतियोगिताको उद्धघाटन गरेका हुन । प्रतियोगिता जेठ १४ गते सम्पन्न हुनेछ ।

