काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ स्थित एक कपास उद्योगमा आगलागी भएको हो ।
जमुनापाटि स्थित राजु रन्जितकारले संचालन गरेको उद्योगमा बुधबार दिउसो आगलागी भएको हो । एक तल्ले कच्चि टहरामा विद्युतको सर्ट भई लागेको आगो नियन्त्रणका लागि ३ वटा दमकल परिचालन भएका थिए । त्यस्तै १ सय भन्दा बढी सुरक्षाकर्मीलाई आगो नियन्त्रणमा लिन डेढ घण्टा लागेको थियो ।आगलागी बाट कपास बनाउने विद्युत मेशिन ३ वटा , तयारी कपास का साथै कपास बनाउने कच्चा पदार्थ जलेर नष्ट भएको छ ।
स्थानीय बिश्वनाथ आचार्यको जग्गा भाडामा लिई रन्जितकारले जस्ता पाताले निर्माण गरेको टहरामा कपास फ्याक्ट्रि संचालन गर्दै आएका थिए ।

