काठमाडौं । बागमती प्रदेश पूर्व युवा तथा खेलकुद मन्त्री एवं प्रदेश सभा सदस्य रमा आलेमगरले स्थानिय स्तरमा हुने प्रतियागिताले राष्ट्रिय स्तरका खेलाडी बन्न महत्वपूर्ण भसमिका खेल्ने गरेको बताएकी छन ।
चन्द्रागिरि ब्याडमिन्टन क्लबले आयोजना गरेको चन्द्रागिरि अन्तर बिद्यालय ब्याडमिन्टन प्रतियोगिताको समापन समारोहमा आलेमगरले यस्ता प्रतियोगिताहरु खेलकुद क्षेत्रको कोसोढुंगा सावित हुनुपर्ने बताइन । चन्द्रागिरि –७ स्थित महांकाल ब्याडमिन्टन कभर्डहलमा भएको कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपमेयर बसन्ती श्रेष्ठले बिद्यार्थीलक्षित यस्ता प्रतियोगिताले भविष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने बताइन । खेलबाट नेतृत्व बिकास, क्षमता र स्वास्थ्य राम्रो हुनुका साथै आयआर्जन समेत गर्न सकिने बताइन । कार्यक्रममा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई सम्मान गरिएको हो ।दाहाल प्यारिस ओलिम्पिक्स खेलेका खेलाडी हुन । दाहाल सन् २०२२ मा जूनिअर एकल खेलाडीतर्फ विश्व वरीयताको शीर्षस्थानमा पुगेका थिए ।
दार्चुलामा जन्मेका २० वर्षका उनी ओलिम्पिक्स खेल्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी समेत हुन ।त्यस्तै,भेट्रान ब्याडमिन्टन राष्ट्रिय खेलाडी राजकुमार पोखरेल र हरि खत्रीलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय