काठमाडौं।चन्द्रागिरि नगरपालिकाका सात गाउँले गुठीका गुठीयार तथा जनप्रतिनिधिहरू सहितको टोली आज मत्स्येन्द्रनाथको रथ यात्रामा सहभागी हुँदैछ ।
रथ यात्रामा सहभागी हुन चाहने इच्छुक नगरबासीहरूलाइ सहजताका लागि चन्द्रागिरि नगरपालिकाले वडागत रुपमा गाडीको व्यवस्था गरेको हुँदा आ-आफ्नो वा पाएक पर्ने वडामा व्यवस्था गरिएको गाडीबाट ललितपुर पुगि ऐतिहासिक रथयात्रामा सहभागिता जनाउनका लागि चन्द्रागिरि नरपालिकाले अनुरोध समेत गरेको छ ।
रथ यात्राका लागि चन्द्रागिरिबाट दिउँसो १ः३० बजे ललितपुरतर्फ प्रस्थान गर्नेछ ।

