काठमाडौं । बागमती प्रदेश सांसद यमुनादेबी श्रेष्ठले व्यबस्था बिरोधी तत्वलाई स्वीकार्न नसकिने बताएकी छन ।
गणतन्त्र दिवसका अवसरमा चन्द्रागिरिमा आयोजित एक कार्यक्रममा श्रेष्ठले धेरै दुःख गरेर ल्याएको गणतान्त्रिक व्यबस्थामा केहि कमी कमजोरी भए सुधार्दै लैजानुपर्ने तर व्यबस्था बिरुद्ध जान नहुने बताएकी हुन । बिभिन्न बहानामा व्यबस्था बिरुद्ध जनतालाई उत्तेजित पर्ने गरेको भन्दै उनले त्यस्ता गतिबिधी स्वीकार्य नहुने बताएकी हुन । गणतन्त्र पश्चात शासकीयस्वरुप परिवर्तन हुदै ३ तहको सरकार गठन भएको र जनताको अधिकार जनतामानै आएको बताइन ।
सरकार नेतृत्वको कार्य चित्त्त नबुझे हटाउन सकिने व्यबस्था गणतन्त्रमा मात्रै भएको बताउदै उनले बिभिन्न स्वार्थमा भइरहेको व्यबस्था बिरोधी गतिबिधीप्रति खेद व्यक्त गरिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय