काठमाडौं । फ्रेन्डस सोसियल युनिटीले गणतन्त्र दिवसको अवशर पारेर बृहत रक्तदान तथा दन्त शिविर आयोजना गरेको छ ।
चन्द्रागिरि –७ स्थित प्रभात मा.बि मा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै बागमती प्रदेश सांसद यमुनादेबी श्रेष्ठले सामाजिक कार्यमा फ्रेन्डस सोसियल युनिटीले खेलेको भुमिका महत्वपूर्ण रहेको बताइन । देशको मुहार फेर्न यस्ता संघ संस्थाको भुमिका उल्लेखनिय हुने भन्दै उनले सामाजिक कार्यक्रहरुलाई निरञ्तरता दिन आग्रह गरिन । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरिले नगरवासीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्धहुने व्यबस्था नगरपालिकाले मिलाएको बताए । उनले नगरपालिका नगरवासीको स्वास्थ्यमा गम्भिर रहेको भन्दै प्रत्येक वडाका स्वास्थ्य चौकीमानै डाक्टरी सेवा लिन सकिने गरि नगर अघि बढेको बताए । युनिठिले मेट्रो ब्लड बैकको सहकार्यमा रक्तदान कार्यक्रम र ओम चावहिल डेन्टल हस्पिटलको सहकार्यमा निःशुल्क दन्त शिविर कार्यक्रमको आयोजना गरेको हो । बिभिन्न सामाजिक कार्यमा क्रियासिल फ्रेन्डस सोसियल युनिटीले चौथो पटक खुल्ला बृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो ।युनिटीका अध्यक्ष गोविन्द कार्कीले कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण सहयोगिहत हरुलाई नमन सहित धन्यवाद ज्ञापन गरे ।
युनिटिका उपाध्यक्ष श्याम मानन्धरले युनिटिले गदैृ आएका कार्यक्रमबारे जानकारी दिदै खेप्नु परेको चुनौती र आगामी दिनका संभावित योजनाको बारेमा जानकारी दिएका थिए ।कार्यक्रममा उपस्थित समाजसेवीहरुले कार्यक्रमको सफलताको शुभकामना दिए ।

