काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित पानीघाटमा मोटरसाइकल दुर्घटना भएको हो ।
मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ८०६८ नम्बरको मोटरसाइकल शनिबार बेलुका पौने ८ बजे दुर्घटना भएको थियो ।दुर्घटनामा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामीको निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी बलामीको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि चढेकी थिइन् ।
अर्का घाइते नुवाकोटकै मानबहादुर बलामीको भने एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ । उनीहरु चित्लाङबाट काठमाडौं आउँदै थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय