काठमाडौं । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘हामी बाच्न चाहान्छौं’ भन्दै जागरण अभियान संचालन गर्न पार्टी कार्यकर्तालाई सुझाव दिएका छन ।
चन्द्रागिरिमा माओबादी केन्द्रको उपत्यका केन्द्रित जागरण अभियानको सुभारम्भ गर्दै प्रचण्डले ‘कांग्रेस र एमालेको संगतले रोगी बनाएको’ बताए । प्रचण्डले ‘बिगतमा कहिले कांग्रेस कहिले एमाले संग गर्दा हामीलाई केही न केही रोग सर्यो भन्ने गरेको भन्दै यस्को उपचार गर्ने डाक्टर जनता नै भएको’ बताए । उनले भने ‘जनता सामु गएर हामी रोगी भयौ मरिहालेकात छैनौ बाच्न चाहान्छौं तपाईहरुका निम्ती भन्ने गरेको र यस्ले बिश्वास पैदा भएको’ बताए । उनले अभियानको क्रममा भाषण धेरै हुने गरेको भन्दै त्यसो नगर्न समेत सचेत गराए ।
उनले भने-भाषण कम गर्नुहोस, जनताका कुरा बढी सुन्नुहोस ।यद्धपी उनले भने कार्यक्रममा ४० मिनेट भाषण गरे । जनताका अगाडी इमान्दारीताका साथ पारदर्शी तरिकाले हामी यहाँ यहाँ त्रुटि गर्यो हामी फेरी सच्चिन्छौं भनेर जाने संकल्पका साथ जनता सामु गएको र जनताले पुनः माओबादी पार्टी प्रति बिश्वास र भरौसा गर्न थालेको उनले बताए ।

