काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सेनापति काजीकालु पाँडेको सालिकमा माल्यापर्ण गरी श्रद्धासुमन अर्पण गरेका छन् ।
चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित समाधिस्थलमा आज आयोजित २६८औं स्मृति दिवसमा स्थानीय जनप्रतिनिधिलगायतले सालिकमा श्रद्धासुमनसहित पुष्पअर्पण गरेका हुन ।काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पूर्वरथी पवनबहादुर पाँडे, इतिहासविद् राजाराम सुवेदीले स्वर्गीय पाँडेको योगदानका विविध पाटोबारे प्रकाश पारेका थिए।
काजी कालु पाँडेले नेपाल एकीकरण अभियानका क्रममा कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय