काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगलले लैङ्गिक हिंसा तथा लागु औषध दुव्र्यसनी बिरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा वडा नम्बर ११ का वडाध्यक्ष नरेन्द्र राज श्रेष्ठले लैङ्गिक हिंसा तथा लागु औषध दुव्र्यसनी हुन नदिन अभिभावकहरुले आफ्ना बालबालिका प्रति बिशेष निगरानी गर्नुपर्ने बताए । प्रबिधीको बिकास संगै पछिल्लो समय परिवार बिचको दुरी बढदै गएको भन्दै उनले आफ्ना छोराछोरी के गर्दैछन कतै कुलतमा त फसेका छैनन भनि अभिभावकले चासो दिनुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथी थानकोट प्रहरी बृत्त प्रमुख डिएसपी एलिजा गिरीले बिद्यार्थीलाई जिवन,समय,भविष्य र स्वतन्त्रताको मान्यतालाई बिचार गरेर अघि बढन सुझाव दिइन । उत्साह र उक्साहटमा लागु औषध दुव्र्यसनमा फस्ने गरेको बताउदै उनले त्यस्ता गतिबिधीमा ध्यान दिनै नहुने बताइन । उनले लैङ्गिक हिंसा तथा लागु औषध दुव्र्यसनी न्युनिकरणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिइन साथै महिला तथा बालिका माथी हुने गरेका लैङ्गिक हिंसामा कानुनी सजायको व्यवस्था कडा बनाइएको बताइन ।कार्यक्रममा विशेष अतिथी प्रहरी प्रभाग बलम्वु प्रमुख, प्रहरी निरिक्षक लक्ष्मी खडकाले सुनसान र एकान्त ठाँउहरुमा दुव्र्यसनीहरु बढता रहने गरेको गुनासो आउने गरेको भन्दै कुनैपनि स्थानमा त्यस्ता गतिबिधी देखिएका तुरुन्तै १०० वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न सुचित गरिन । वडा क्षेत्रमा रहेका बिद्यालयका छात्र छात्रालाई लक्षित गरि कार्यक्रम आयोजना भएको हो ।

