काठमाडौं । नागढुङ्गा प्रहरीले सुन सहित भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
बिहीबार काकडभिट्टा बाट काठमाडौं तर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख ३१३९ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा भारत वेष्ट बेगाल घर भएका ३१ बर्षिय महादेव सामन्त सुन सहित पक्राउ परेका हुन ।चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा उक्त बस चेकजाँचको क्रममा सामन्तले आफुले लगाएको कट्टु भित्र कागजमा बेरी लुकाई छिपाई गरि ल्याएको अबस्थामा २ सय ७४ ग्राम सुन फेला परेको प्रहरीले जानकारी दिएको हो ।
सामन्तलाई सुन सहित नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी बृत थानकोटमा राखिएको छ ।

