काठमाडौं । बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका दुईजना गोताखोरको खोजीका लागि सशस्त्र प्रहरी बल बिपद उद्दार तालिम शिक्षालय कुरिनटार, चितवनबाट पाँचजना गोताखोर परिचालन भएका छन् ।
उद्धार अभ्यास गर्ने क्रममा बिहीबार दिउँसो सशस्त्र प्रहरीका दुईजना गोताखोर बेपत्ता भएका थिए । उद्धार अभ्यासको क्रममा इलाम दरबन्दी भएका सशस्त्र प्रहरीका जवान हरिदेव राजवंशी र पर्सा गणमा दरबन्दी भई छिन्नमस्ता बाहिनीमा कार्यरत सशस्त्र जवान सुरज साउद बेपत्ता भएका हुन् । बिहीबार दिउसो सवा ३ बजे दुई गोताखोर सप्तकोशीमा बेपत्ता भएका हुन् ।सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपदमा परेकाहरूलाई उद्धार गर्नका लागि सप्तकोशीमा अभ्यास गरेको थियो ।अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कांकालिनी नगरपालिका-१ कोशी ब्यारेजको ५४ र ५५ नम्बरको ढोकाको उत्तरतर्फ अभ्यासका क्रममा बगेर बेपत्ता भए ।
उनीहरूको खोजीका लागि सुनसरी र सप्तरीबाट प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ साथै खोजी तथा उद्धारका लागि नेपालमा सञ्चालित गोताखोर तालिमका प्रशिक्षक समेत रहेका डीएसपी पुरुषोत्तम भण्डारीको कमाण्डमा पाँच जनाको टोली परिचालन गरिएको हो । उनीहरुले घटनास्थल, पानीको बहाव र अन्य कुरा सहितको परिक्षण पश्चात खोजी गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय