काठमाडौं । चन्द्रागिरि –४ स्थित चुनदेबी मन्दिर परिसरमा पार्क निर्माण हुने भएको छ ।
संघिय बजेटमा पार्क निमार्णका लागि आर्थीक बर्ष २०८२/८३ मा ३ करोड रुपैयाँ बजेट बिनियोजन भएको हो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० का संघिय सांसद राजेन्द्र कुमार केसीको पहलमा उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाश मान सिंहले पार्क निमार्णका लागि ३ करोड बजेट बिनियोजन गरिदिएको चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद खडगीले जानकारी दिए ।
चु्नदेबी मन्दिर परिसरमा रहेको करिव ४० रोपनी जग्गामा बन्ने बिभिन्न संरचना र खुल्ला ठाउ सहितको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार भैसकेको छ ।उक्त स्थानमा बन्ने संरचनाका लागि करिव ९ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय