काठमाडौं । चन्द्रागिरि नगरपालिकामा जातीय विभेद बिरुद्ध ७ बुँदे चन्द्रागिरि घोषणापत्र जारी भएको छ ।
समतामुलक चन्द्रागिरि नगरपालिका निर्माणका लागि सरोकारवालाहरुको सवलिकरण कार्यशमला मार्फत घोषणा पत्र जारी भएको हो । चन्द्रागिरि नगरपालिकामा जेठ २७ र २८ गते आयोजना भएको चन्द्रागिरि स्वेत पत्र घोषणा समारोहमा बोल्दै नगर उपप्रमुख बसन्ती श्रेष्ठले जातीय विभेद अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिइन । समाजमा अझैपनि जातीय विभेद कायमै रहेको र महिला,अपांगता भएकाहरु माथी पनि विभेद हुने गरेका दृष्टान्तहरु लाई कानुनी दायरामा ल्याउनु पर्ने उनको भनाई थियो । जातिय तथा लंङ्गिक विभेदका बिरुद्ध संबिधानमै उल्लेख भएका प्राबधानले कमी गरेको तर त्यो पर्याप्त नभएको उनले बताइन । आर्थीक सामाजीक रुपमा हुने गरेका विभेदका बिषयमा बुलंन्द आवाज उठाउन उनले सुझाव दिएकीछन ।
२ दिने उक्त कार्यक्रममा धम्बर नेपालीले दक्षिण एशियाली समाजमा वर्ग र जात –व्यवस्थाको अवधारण प्रस्तुत गरेका थिए ।
जातीय विभेद बिरुद्ध ७ बुँदे चन्द्रागिरि घोषणापत्रमा भनिएको छ –दलित समुदायमाथि सदियौं देखि भइरहेको छुवाछुत विभेद र अपमान केवल दलित समुदायको मात्रै मुद्धा होइन, बरु यो जातव्यवस्थासंग जोडिएको राष्ट्रिय सवाल हो ।यस्ता अमानवीय व्यवस्था, पद्धति र कु–सस्कारको निराकरण गर्न सरोकारवालाहरुलाई सहकार्यका लागि नगरपालिकाको तर्फबाट जोड्दार अपिल गर्दछौ ।जातीय भेदभाव तथा छुवाछुतजन्य निकृृष्ट सस्कार विरुद्ध नगर कार्यपालिकाले शुन्य सहनशिलताको नीति अबलम्वन गर्नेछ । जातीय विभेदकारी जो सुकै भएपनि कानुनको कठघरामा उभ्याइ कसुर बमोजिमको कारवाही गर्न गराउन नगर कार्यपालिका र त्यस मातहतका औपचारिक अनौपचारिक शासकीय इकाइहरुलाई समावेशी बनाउन दलित मैत्री नीति तथा कार्यक्रमहरु निर्माण गरिने घोषणा पत्रमा उल्लेख छ । दलित समुदाय सम्बद्ध पुख्यौली पेशा व्यवसायको आधुनिकिकरण, औधोकीकरण र बजारीकरणको व्यवस्था गर्न आवश्यक नीति कार्यक्रम र बजेट विनियोजन गरिने तथा दलित समुदायका युवा युवतीलाई स्वरोजगार बनाउन विभिन्न उद्योग,व्यवसाय तथा प्रविधिमैत्री स्टार्ट अप कार्यक्रम शुरु गर्न गराउन आगामी आ.व. २०८२/०८३ को नीति कार्यक्रम र बजेटमा प्राथमिकता दिइने साथै विपन्न दलित समुदायको पहिचान गरी निशुल्क स्वास्थ्य उपचारका लागि निशुल्क विमालाई निरन्तरता दिइने बिषय बस्तु समावेश गरिएको छ ।

chandragiri metro

