काठमाडौं । चन्द्रागिरि नगरस्तरीय गैर नेवार नेपालभाषा वतृत्वकला प्रतियोगिताको उपाधी मनिशा लामाले जितेकीछन ।
वी नेवार्सको आयोजना तथा चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ को सहकार्यमा शनिबार भएको प्रतियोगितामा उपाधी जित्दै लामाले नगद ५ हजार पुरस्कार पाईन । त्यस्तै श्रीमिला सुवेदी दोश्रो हुदै ३ हजार र आशाकुमारी आनन्द तेश्रो हुदै २ हजार रुपैया नगद ,मेडल र प्रमाणपत्र प्राप्त गरीन । चन्द्रागिरि नगर दुने नेवाःतय्गु अवस्था शिर्षकमा वक्तृत्वकला भएको हो । प्रतियोगितामा १० जना प्रतिष्पर्धी सहभागी थिए । नगर क्षेत्रमा रहेका नेवारहरुको अवस्थाको बारेमा गैर नेवारहरुको बुझाइ र प्रस्तुति कार्यक्रममा समेटिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाले नेवार समुदायको पहिचान र इतिहास तथा संस्कृति संरक्षणमा लगानी गर्दै आएको बताए । नेवारहरुको जात्रा पर्व, भेषभुषा,बाजागाजा संरक्षण र संम्द्धधनका लागि नगरले गरेको कार्यको चौतर्फी तारीफ भएको बताउदै अबका दिनमा नेवार समुदायको संस्कृति,खानपान,भेषभुषा,बाजागाजा र जात्रा पर्वलाई पयर्टन रोजगार र आय आर्जन संग जोडनुपर्नेमा उनले जोड दिए ।
नगर उपप्रमुख बसन्ती श्रेष्ठले नेवार समुदाय पछिल्लो समय पाश्चात्य संस्कृती तिर ढल्कीदै जादाँ एदाकदा आफ्नोपन बिर्सदै गएको जस्तो महसुस हुन थालेको बताइन ।उनले आफ्नो पहिचान बचाउने र समुन्नत रुपमा पुस्तान्तरण गर्नु पर्नेमा जोड दिइन । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष एवं वी नेवार्सका सल्लाहकार राजभाई महर्जनले नेपाल भाषा वी नेवार्सको सभ्यता भएको बताउदै यस्को प्रबद्र्धनमा बिभिन्न संगठनहरुले प्र्यायको योगदानको कदर गरे ।
नेपाल भाषालाई गैर नेवारहरुको बिचमा लैजान यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने भन्दै नेवा समुदाय र गैर नेवा बिच सदभाव र आत्मियता बढनेका विश्वास व्यक्त गरे । कार्यक्रममा प्रतियोगिहरुको बिषय प्रतिको बुझाई, हाउभाउ, नेवारी व्याकरणको प्रयोग लगायतका बिषयलाई मुल्यांकन गरी प्रथम,दोश्रो र तेश्रो छुट्याइएको हो ।

