काठमाडौं । चन्द्रागिरि नगरपालिकाको हालसम्मको बेरुजु २४ करोड रुपैयाँ भन्दा माथी पुगेको छ ।
चालु आर्थीक बर्ष २०८१/८२ मा ३ करोड ३२ लाख ५५ हजार २ रुपैयाँ बेरुजु देखिएको हो । गत बर्ष सम्मको बाँकी बेरुजु २३ करोड २४ लाख २४ हजार रहेकोमा यो बर्ष २ करोड २९ लाख रुपैयाँ फस्यौट भएकाले बाँकी बेरुजु २० करोड ९५ लाख २४ हजार रहेको छ । यस बर्ष ३ करोड ३२ लाख बेरुजु थपिएसंगै चन्द्रागिरि नगरपालिकाको बेरुजु २४ करोड २७ लाख ७९ हजार रुपैयाँ पुगेको हो । वडा उज्यालो कार्यक्रम सडक बत्ती जडानमा ५२ लाख रुपैयाँ बेरुजु भएको हो साथै प्रोत्साहन भत्तामा पनि २० लाख ९५ हजार बेरुजु रहेको छ ।

पदाधिकारी बैठक भत्ता १४ लाख,ठेक्का रद्ध गरि पेश्की फछ्यौट गरेको ९ लाख,दोहोरो नम्बर र मिति उल्लेख नभएको कर बिजक १ लाख ६३ हजार सहित अन्य थुप्रै शिर्षकमा भएका भुक्तानी बेरुजु भएका हुन ।

