काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगर समितिले चन्द्रागिरि नगरपालिकाले आर्थीक बर्ष २०८२/८३ का लागि प्रश्ताव गरेको बजेट राजनीतिक हचुवाको आधारमा आएको निष्कर्ष निकालेको छ ।
६६ करोडको आन्तरिक राजश्व अनुमानको आधारमा रहेर २ अर्ब ९३ करोडको बजेट निमार्ण गर्नु नीतिगत आधार र तथ्यमा नरहेको रास्वपाको ठहर छ । बजेटमा प्रथमिकता बिपरित कार्यक्रम रहेको,उपभोत्ता समिति प्रणालीको अपारदर्शिता र संवादको अभाव र गुटगत बिभाजनले नगर संचालनमा असर परेको भन्दै रास्वपा चन्द्रागिरि नगर समितिले चन्द्रागिरि नगरपालिकामा पुगी नगरप्रमुख घनश्याम गिरी र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरलाई ज्ञापन पत्र बुझाएको हो । रास्वपा चन्द्रागिरिले बेरुजु विवरण पारदर्शी बनाउनु पर्ने,स्वतन्त्र लेखा परिक्षण समिति गठन गर्नुपर्ने,बजेट निर्माणमा नगरिक सहभागिता अनिवार्य गर्नुपर्ने साथै वडा स्तरमा बजेटको न्यायपुर्ण वितरण हुनु पर्ने लगायतका ६ बुँदे माग समेत गरेको छ ।
रास्वपा काठमाडौं जिल्ला समिति सभापति प्रदिप बिष्ट, निर्वाचन क्षेत्र नम्बर १० का संयोजक रामराजा थापा, नगर समिति सभापति जनार्दन केसी,वडा सभापतिहरु सहितको समुह ज्ञापनपत्र बुझाउन नगरपालिका पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय