काठमाडौं । त्रिभुवन राजपथको सिस्ने खोला स्थित नागढुङ्गा सुरुङ मार्गको काठमाडौं प्रवेशद्वार अगाडिको भागमा जमिनमा चिरा परेको छ ।
निर्माणाधीन नागढुङ्गा मुग्लिङ सडक अन्तर्गत नागढुङ्गा नौविसे सडक खण्डमा पर्ने त्रिभुवन राजपथमा अघिल्लो वर्ष पहिरो गएको सो क्षेत्रमा अहिले पुनः जमिन चिरिएको हो । नजिकै बस्ती र तल सडक रहेको सो क्षेत्रको जमिन चिरिएको र केही भाग सरेको सुचना आए पछि नाग ढुङ्गा नौबिसे सडक आयोजना र सुरुङ निर्माण आयोजनाका प्रमुख र प्रविधि सहित अनुगमन गरेको छ । धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सुरुङ मार्ग प्रवेशद्धराको अघिल्लोतिरको दाहिनेपट्टि करीव १ सय ८० मिटर चौडाइ र ४० मिटरको उचाइमा पहिरो बग्ने सम्भावना रहेको प्रविधिकहरुको भनाई छ। यसभन्दा अघि पनि पहिरो गएको र सो क्षेत्रमा त्रिपालले ढाकिएको भए पनि पुन जमिन चर्किएको देखिएपछि तत्काल माथिल्लो भागमा त्रिपाल राखेर पानी छिर्न नदिई सम्भावित जोखिम कम गर्ने वातावरण बनाउन र आवश्यक सामाग्रीको व्यवस्थापन गर्न दुवै आयोजना प्रमुखलाई धादिङका प्रमुख जिल्ला अधिकारी घिमिरेले निर्देशन समेत दिए । पहिरोको नजिकै माथिल्लोपट्टि केही घरहरु पनि रहेका छन् ।
पहिरो झर्दा माथि रहेका घर सँगै तल रहेको सङ्घीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य सडक त्रिभुवन राजपथमा समेत प्रभाव पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय