काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ का लागि कुल २ अर्ब ९३ करोडको बजेट प्रश्ताव गरेको छ ।
बजेटको आकार ठुलो भएको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीले १६ औं नगरसभाको तेश्रो बैठक बहिस्कार समेत गरेको अबस्था छ । यद्धपी असार ३० गते बस्ने भनिएको १६ औं नगरसभाको चौथो बैठकले आर्थिक बर्ष २०८२/८३ को लागि प्रश्तावित बजेट पास गर्ने तयारीमा नगरप्रमुख घनश्याम गिरी रहेका छन । उनी सकेसम्म सर्बसम्मत नभए बहुमतबाट बजेट पास गर्ने तयारीमा रहेका हुन । प्रश्ताबित बजेट हु बहु पास भएको अवस्थामा चन्द्रागिरि नगरक्षेत्रमा रहेका १५ वटा वडाले कुल ३० करोड ३० लाख रुपैयाँ पूजिगत तर्फ बजेट पाउनेछन । जस्मा बिभिन्न मापक अंकको आधारमा वडालाई बर्गीकरण गरिएको छ । मापक अंक ६० देखि माथिका लाई ‘ए प्लस’,५० देखि ५९ सम्मकालाई ‘ए’ र ४० देखि ४९ सम्मका लाई ‘बि’ मा बर्गीकरण गरिएको छ । ‘ए प्लस’ बर्गमा वडा नम्बर १,३,७,८,१०,११,१२,१४ र १५ गरि नौ वटा वडा परेका छन । ति वडाहरुले साविक निर्धारित बजेट सिलिङ्ग १ करोड २० लाख बजेट पाउनेछन । त्यस्तै ‘ए’ बर्गमा वडा नम्बर ५,६ र ९ गरि तिनवटा रहेका छन ति वडाले साविक निर्धारित बजेट सिलिङ्ग १ करोड १० लाख बजेट पाउनेछन ।त्यस्तै वडा नम्बर २,४ र १३ ‘बि’बर्गमा परेका वडा हुन । ति वडाले साविक निर्धारित बजेट सिलिङ्ग १ करोड बजेट पाउनेछन ।
नगरका १५ वटै वडाका लागि थप सशर्त बजेट सिलिङ्ग ८८ लाख रुपैयाँ रहेको छ । पूजिगत तर्फको साविक बजेट सिलिङ्गको रकम मध्ये बढीमा ५ लाख पूजिगत भैपरीमा राखी बाँकी रकम पूर्वाधार बिकासमा आयोजनागत रपमा बिनियोजन गर्नुपर्ने बजेटमा प्रश्ताव गरिएको छ ।

