काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ किसिपिडीमा शुक्रबार बिहानै एक दुखद घटना भयो ।
उज्यालो चन्द्रागिरि अभियान अन्तरर्गत राखिएका सडक बत्ती मर्मतका क्रममा चन्द्रागिरि –५ का नविन महर्जनको निधनले धेरै प्रश्नको जवाफ खोजीरहेको छ । शुक्रबार बिहान नविन र अन्य २ जना सडक बत्ती मर्मतका लागि निस्किएका थिए । ३ वटा सडक बत्ती मर्मत गरिसकेपछि चौथो सडक मर्मतका लागि भर्याङ चढदै खम्वामा पुगेका नविनलाई करेन्ट लाग्यो ।उनी खम्वाको माथील्लो भागबाट सडकमा बजारीए । साथै भर्याङ समाइरहेका २ जनालाइ पनि करेन्ट लाग्यो । तत्कालै तिनै जनालाई सतुंगल स्थित सशस्त्र अस्पताल पुर्याइयो तर अवशोस नविनको उपचारको क्रममा मृत्यु भयो ।
अन्य २ जनाको उपचार भएरहेको छ । उज्यालो चन्द्रागिरि अभियान अन्तरर्गत सडक बत्ती नबल्न थालेपछि सडक बत्ती मर्मतका लागि नगरपालिकाले सिमित बजेट छुट्यायको छ र सम्बन्धीत वडालाइनै प्रविधिक छनोट र मर्मतको जिम्मा दिइएको छ । नविन त्यहि कार्यक्रम अन्तरर्गतको वडा नम्बर ५ बाट सडक बत्ती मर्मतका लागि खटिएका थिए । परिवारको एक्लो छोरो ३६ बर्षिय नविनको ८ महिना अघिमात्रै छोरा जन्मिएको थियो । छोरी भने ७ बर्षकी भइन । नविनको निधनसंगै बृद्ध आमाबाबु र साना–नानीबाबुको सहरा टुटेको छ । बच्चाहरुलाई पढाइदिनुपर्ने,श्रीमतीलाई जागीर दिनु पर्ने, काजक्रिया खर्च दिनुपर्ने र भविश्य सुनिश्चित्ताका लागि ६० लाख रुपैयाँ दिनुपर्ने माग वडा र नगरपालिकासंग गरिएको छ ।
यसै बिषयलाइ प्राथमिकतामा राखि असार २९ गते बिहान नगरपालिकाको कार्यपालिका बैठकपनि बोलाइएको छ । त्यस बैठकले के कस्तो निर्णय गर्छ त्यो भने हेर्न बाँकी छ । नविनको निधनले नगरपालिकाले बिभिन्न शिर्षकमा राख्ने गरेका कर्मचारीको भविष्य सुनिश्चितताका बिषयमा भने केहि गम्भिर प्रश्नहरु श्रृजना गरेको छ । राखिएका कर्मचारी वा काम गर्ने व्यक्तिहरुसंगको लिखित सम्झौता जस्मा न्युनतम ज्याला, कामको प्रकृति,भैपरि आउने जोखिमका बिषयमा सम्बोधन जस्ता बिषयलाई वडा वा नगरपालिकाले के कसरी व्यवस्थापन गर्ने गरेको छ ? प्रविधिक र सामान्य कामका प्रकृति अनुसार बिमा गरिएको छ की छैन ? राखिने गरिएका कर्मचारीको दक्षताको मुल्याङ्कन वा भनौ परिक्षा सहित काममा राखिन्छ की श्रोर्ष र्फोर्ष वा चिनजाँनमा? हो यि र यस्तै अनेकौ प्रश्नहरुको श्रृजना नविनको निधनले उब्जाँएको छ । त्यसोत नगरपालिकाले सडक बत्ती मर्मत,वडा सरसफाइ कार्यक्रम,स्वास्थ्य स्वयं सेविका कार्यक्रम,पूर्वाधार निर्माण तथा मर्मत लगायतका बिषयमा करारमा वा ज्यालादारी रुपमा कर्मचारी राख्दै आएपनि उनीहरुको सुरक्षा र भविष्यको सुनिश्चित्ताका लागि भने कुनै कार्यक्रम ल्यायको देखिदैन ।
त्यसैले त नविनको निधनले श्रृजित गरेका थुप्रै प्रश्नहरुको उत्तर खोजिनु जरुरी छ ।

