काठमाडौं । चन्द्रागिरि नगरपालिकाको आर्थिक बर्ष २०८२/८३ को बजेट बहुमतले पारित भएको छ ।

२ अर्ब ९३ करोडको बजेट बहुमतले पारित भएको हो । सोमबार बसेको नगरपालिकाको १६ औं अधिबेशनको तेश्रो बैठकले ४९ जना सदस्यको बहुमतले बजेट पास गरेको हो । कुल ८० जना नगरसभा सदस्य रहेको चन्द्रागिरि नगरपालिकामा अधिबेशन चल्दै गर्दा नेकपा एमालेबाट निर्वाचित २७ सदस्यले बजेटको आकार बढी भएको भन्दै उठेर बिरोध जनाएका थिए । लगत्तै ति सदस्यहरुले अधिबेशन बहिस्कार गर्दे बाहिरीए पनि बहुमत संख्याले बजेट पास भएको हो ।

राजश्व प्रक्षेपण समितिले ६६ करोड ८८ लाख राजश्व आय अनुमानलाई, श्रोत अनुमान समितिबाट आन्तरिक आय अनुमान १ अर्ब ४८ करोड गरेको भन्दै असन्तुष्ट पक्षले २ सय प्रतिशत भन्दा बढी अनुमान गर्नु दुर्भाग्यपूर्ण रहेको बताएको छ । साथै घाटा बजेट पूर्तिका श्रोतहरु के के हो भनी प्रश्न गर्दै घाटा बजेट ल्याउदाँ नगरको अवस्था धराशायी हुने र वित्तीय अराजकताको धापमा नगरपालिका फस्दै जाने उनीहरुको तर्क छ । बिषयगत समितिमा छलफल नगरिएको,बजेट सिमा निर्माण निर्धारण समितिको बैठकको बैधानिकतामाथीनै असन्तुष्ट पक्षले प्रश्न गरेको छ ।

चन्द्रागिरि नगरपालिका बनेसंगै यो तहको असन्तुष्टि छताछुल्ल भएको यो पहिलो पटक हो । तिन तहको सरकार भएको अहिलेको प्रशासनिक संयन्त्रमा चन्द्रागिरि नगरपालिकाको आजको राजनैतिक अवस्थाले अर्कै सन्देश दिन खोजेको जस्तो देखिन्छ, किनभने अहिले संघिय सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन रहेको छ । तर चन्द्रागिरि नगरपालिकामा भने बहुमत संख्याले बजेट पास गर्नुपर्ने अवस्थामा कांग्रेसलाइ माओबादी केन्द्रबाट निर्वाचित सदस्यहरुको साथ रह्यो ।एमाले प्रतिपक्षमा पुगेको छ ।

संघीय सरकारमा भने माओबादी केन्द्र प्रतिपक्षमा छ । राजनैतिक निर्णय संघियताकै रुपानुमुख अघि बढन खोज्दैछ भन्ने सन्देश पनि यो घटानाले दिएको छ । केन्द्रिय नेतृत्वको निर्णय स्थानिय तह नेतृत्वले मान्नै पर्छ भन्ने छैन भन्ने सन्देशको उपज पनि हुन सक्छ चन्द्रागिरिमा बजेट अधिबेशनमा एमालेको बहिस्कार ।

राजनितीमा पक्ष र बिपक्ष हुनु सास्वत र स्वभाविक हो तर बिगत झण्डै एक दशकदेखि चन्द्रागिरि नगरपालिकामा नेतृत्व र क्षमताका आधारमा हुदै आएका सर्वसम्मत निर्णयहरु अब हुने छैनन भन्ने सन्देशले प्रष्ट रुपमा चन्द्रागिरि नगरपालिका दुईधारमा बिभाजन भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय