काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ ।
चन्द्रागिरि नगरपालिकाले बितेको आर्थिक बर्ष २०८१/८२ मा २ अर्ब ८१ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको थियो । जस मध्य १ अर्ब २५ करोड १८ लाख चालु तर्फ र १ अर्ब ५६ करोड १६ लाख पुजिगत तर्फ बजेट बिनियोजन भएको थियो । नगरपालिकाले उक्त बजेटको ५४ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको हो ।बिनियोजित बजेट मध्य १ अर्ब ५१ करोड ७४ लाख खर्च भएको हो । आ.ब. २०८०/८१ मा चन्द्रागिरिले ६१ प्रतिशत बजेट खर्च गरेको थियो । तुलनात्मक रुपमा २०८१/८२ मा गत आर्थिक बर्ष २०८०/८१ भन्दा ७ प्रतिशत बजेट खर्च कम भएको हो ।यसै बिच चन्द्रागिरि नगरपालिकाले आजबाट शुरु भएको आर्थिक बर्ष २०८२/८३ का लागि २ अर्ब ९३ करोड ४६ लाखको बजेट बनाएको छ ।
यता,नेपाल सरकारले भने यस अवधीमा ८२ दशमलब ५ मात्र बजेट खर्च गरेको छ । उक्त आवमा १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयन गरिएको थियो । असार मसान्तसम्म खर्च भने १५ खर्ब २३ अर्ब १० करोड बराबर मात्र भएको छ ।

