काठमाडौं । चन्द्रागिरि नगरपालिकामा आर्थिक बर्ष २०८२/८३ को राजश्व संकलन शुरु भएको छ ।

नगरपालिकाको आर्थिक ऐन २०८२ अनुसार राजश्व सफ्टवेयरमा अद्यावधिक गरि श्रावण ४ गते आइतबारबाट राजश्व संकलन शुरु भएको हो ।चालु आर्थिक बर्ष २०८२/८३ मा बुझाउनुपर्ने सम्पत्ति कर,भूमिकर,व्यवसाय कर र घरजग्गा बहाल कर आर्थिक बर्षको असोज मसान्त सम्म बुझाएका करको कुल रकमको २५ प्रतिशत छुट पाइने छ । त्यस्तै महिलाहरुको नाममा व्यवसाय दर्ता गर्दा लाग्ने दस्तुरमा ५० प्रतिशत र महिला र पुरुषको साझेदारीमा व्यवसाय दर्ता गर्दा लाग्ने दस्तुरमा २५ प्रतिशत छुट पाइने नगरपालिकाबाट जारी आर्थिक ऐन २०८२ मा उल्लेख छ । त्यस्तै,महिला,अपाङ्गता तथा लैङ्गिक अल्पसंख्यक उद्यमीको स्वामित्वमा संचालित घरेलु उद्योग दर्ता सिफरिस दस्तुरमा ५० प्रतिशतको छुट दिइएको छ ।गत आर्थिक बर्ष २०८१/८२ मा चन्द्रागिरि नगरपालिकाले आन्तरीक तर्फ ६२ करोड ८६ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

३० करोड २९ लाख ९५ हजार ६ सय ६२ रुपैयाँ आन्तरिक र मालपोत रजिष्ट्रेशन मार्फत ३२ करोड ५६ लाख ११ हजार ७ सय १८ रुपैयाँ राजश्व संकलन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय