काठमाडौं ।चन्द्रागिरि नगर क्षेत्रमा सम्पत्ती कर निर्धारण प्रयोजनार्थ जग्गाको न्युनतम मूल्याङ्कन निर्धारण गरिएको छ ।
आर्थिक बर्ष २०८२/८३ का लागि जग्गाको न्युनतम मूल्याङ्कन निर्धारण गरिएको हो । मालपोत कार्यालयबाट चालु आर्थिक बर्षको लागि निर्धारित न्यूनतम मूल्याङ्कन रजिष्ट्रेशन हुने लिखत थैली अंक कायम गर्ने प्रयोजनका लागि हुनेछ । त्रिभुवन राजपथले छोएको दायाँबायाँ जग्गा र नागढुङ्गा सुरुङ्ग मार्गले छुने दायाँबायाँको जग्गाको न्यूनतम मूल्याङ्कन २५ लाख रुपैयाँ निर्धारण भएको छ । ति क्षेत्रको आर्थिक बर्ष २०८१/८२ मा न्युनतम मूल्याङ्कन २१ लाख रुपैयाँ थियो । सबैभन्दा कम न्युनतम मूल्याङ्कन चन्द्रागिरि–२ साविक वाडभन्ञ्याङ गा.बि.स.को बाटो नभएको जग्गाको रहेको छ । उक्त स्थानमा बाटो नभएको जग्गाको न्युनतम मूल्याङ्कन प्रतिआना १ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
यस प्रकार निर्धारण गरिएको छ चन्द्रागिरि नगरक्षेत्रको जग्गाको न्यूनतम मूल्याङ्कन…

नगर क्षेत्रको वडागत तह र पक्कि सडक,कच्चि सडक, गोरेटो बाटो र बाटो नभएको जग्गाको बर्गिकरण गरि बिभिन्न अंकमा न्युनतम मूल्याङ्कन तोकिएका छन । गत आर्थिक बर्ष भन्दा तुलनात्मक रुपमा चालु आर्थिक बर्षमा जग्गाको न्युनतम मूल्याङ्कन २० देखि ३० प्रतिशत सम्म बृद्धि भएको छ ।

