काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ लगायत देशभरिका शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।
चन्द्रागिरि नगरक्षेत्रको चन्दन भराट्टेश्वर,मातुलेश्वर,गौँलोकेश्वर,भालेश्वर,कमलेश्वर,कपिलेश्वर लगायतका शिवालयमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ । आजको दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ।
शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय