काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडाध्यक्ष कृष्णप्रसाद खडगीले सोमबार उर्जा मन्त्री दिपक खडका संग भेट गरेकाछन ।
बिद्युत प्राधिकरणको चरम लापरवाहीका कारण गत असार २७ गते चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ किसिपिडीमा नवीन महर्जनको निधन भएको निष्कर्षका साथ खडगीले उर्जा मन्त्रीलाई भेटेका हुन । खडगीको साथमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० का संघिय सांसद राजेन्द्र कुमार केसी र छानविन समितिका सदस्यहरुले बिद्युत प्राधिकरणको लापरवाहीका कारण नवीन महर्जजनको निधन भएको भन्दै क्षतिपूर्तिको माग सहितको छानविन प्रतिवेदन बुझाएका हुन ।

नविन मृत्यु प्रकरण र उत्पन्न स्थितीको बिषयमा छानबिनका लागि नगर प्रवक्ताको संयोजकत्वमा कार्यदल गठन भएको थियो । नगरपालिकाका ६ वटै बिषयगत समितिका संयोजकहरु सदस्य रहेको कार्यदलले घटना स्थलको अवस्था, अस्पतालको रिर्पोट,प्रहरी अनुसन्धान, मृतकका परिवारजनको अपेक्षा, कानुनी अडचन लगायतका बिभिन्न कोणबाट अध्ययन गरेको हो ।अध्ययनका क्रममा नवीनको निधन बिद्युत प्रधिकरणको चरम लापरवाहीका कारण भएको निष्कर्षमा पुगेसंगै संयोजक खडगी सहितको कार्यदलले मन्त्री खडकालाई भेटेको हो । बिद्युत सेवा प्रवाहीत तारहरु नाङ्गो हुनु र मापदण्ड अनुसार तार र जमिनको दुरी नहुनु नवीन निधनको प्रमुख कारण भएकाले मृतका परिवारलाई प्रधिकरणले क्षतिपूर्ति दिनुपर्ने कार्यदलको माग छ ।साथै आगामी दिनमा यस्ता घटनाहुन नदिन मन्त्रालयले आवश्यक कदम तत्काल चाल्नु पर्ने भनिएको छ ।भेटमा मन्त्री खड्काले यस्ता घटना दोेहोरिन नदिन आफु गम्भिर रहेको बताए ।उनले कार्यदलको माग प्रति सकारात्मक हुदै थप प्रकृयाका लागि फाइल सरोकारवाला निकायमा प्रेशित गर्दै अविलम्ब कार्य अघि बढाउन निर्देशन समेत दिए ।

नविनको निधनसंगै बच्चाहरुलाई पढाइदिनुपर्ने,श्रीमतीलाई जागीर दिनु पर्ने, काजक्रिया खर्च दिनुपर्ने र भविश्य सुनिश्चित्ताका लागि ६० लाख रुपैयाँ दिनुपर्ने परिवारजनको माग रहेको छ ।

