सडक अतिक्रमण गरि पसल गर्ने,अनाधिकृत पार्किङ्ग गर्ने,अनुमति बिना चलेका ट्रिपर लगायत
के के शिर्षक र कति छ जरिवाना (सुचि सहित)
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले बिभिन्न ६६ वटा शिर्षक नै तोकेर दण्ड जरिवानाको व्यबस्था गरेको हो ।
चन्द्रागिरि नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८२ मा दण्ड जरिवानाको व्यवस्था गरिएको हो । सार्वजनिक स्थल,सडक अतिक्रमण गरि अव्यवस्थित बजार,पसल, अनाधिकृत रुपमा पर्किङ लगायतका कार्यमा दण्ड जरिवानाको व्यवस्था गरिएको हो । अनुमति बिना र राजश्व नबुझाई नगरक्षेत्रमा प्रवेश गरेका ठूलो ट्रिपरलाई १५ हजार,मिडियम ट्रिपरलाई १२ हजार र सानो ट्रिपरलाई ८ हजार जरिवाना गरिने ऐनमा उल्लेख छ ।अनाधिकृत स्थलमा सवारी साधन पार्किङ गरेमा १ हजार देखि ५ हजार सम्म जरिवाना हुनेछ । ठेला पक्राउ परेमा १ हजार,गाडा पक्राउ परेमा १ हजार पाँच सय,पानीपुरी,चटपटे खोचा पक्राउ परेमा ५ सय, सार्वजनिक स्थानमा फोहोर फालेमा ५ सय जरिवाना हुने ऐनमा उल्लेख छ ।
के के शिर्षक र कति छ जरिवाना (सुचि सहित)







नगरपालिकाको अनुमति बेगर डोजर संचालन गरेमा ५० हजार जरिवाना हुने र पक्राउ परेको ३५ दिन सम्म पनि डोजर फिर्ता लिन नआएमा जरिवाना दोब्बर लाग्ने ऐनमा उल्लेख छ ।

