काठमाडौं । चन्द्रागिरि नगरपालिका क्षेत्रको २ फरक स्थानमा २ जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।
बिहीबार चन्द्रागिरि नगरपालिका वडा नम्बर ९, मच्छेगाउँ स्थित शान्ति वनमा र वडा नम्बर २ स्थित बाघ बछाला समुदायिक बनमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन । मच्छेगाउँ स्थित शान्ति वनमा असार ३२ गते देखि सम्पर्क बिहिन भएका किर्तीपुर नगरपालिका वडा नम्बर ९ छु गाउँका ५० वर्षिय सकेस महर्जनको शव रूखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
त्यस्तै, चन्द्रागिरि वडा नं.२ बाडभञ्याङ स्थित बाघ बछाला समुदायिक बनमा हुम्ला ताँजाकोट गाउपालिका वडा नम्बर ५ बस्ने बर्ष १९ को सुरज बुढाको शव झुण्डिएको अवास्थामा फेला परेको प्रहरीले जानकारी दिएको हो ।

