काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगलबाट लागुऔषध चरेस सहित एक महिला बुधबार राति पक्राउ परेकी हुन ।
सतुंगल स्थित मुख्यसडक खण्डमा हिडिरहेकी ति महिला माथि शंका लागि प्रहरीले चेकजाँच गर्दा ६ किलो चरेस बरामद भएको हो । पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर २ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालीका वडा नम्बर ९ मच्छेगाँउ डेरा गरी बस्ने ३९ वर्षिय पार्वती मगर रहेको प्रहरीले जानकारी दिएको हो ।
मगरले बोकेको रातो रंग भएको जेब्रा झोला भित्र फर्सीको मुन्टाले छोपी लुकाई छिपाई पहेलो प्लाष्टिकले बेरी प्याक गरेको अवस्थामा १२ वटा पिस मा रहेको ६ किलोग्राम लागुऔषध चरेश बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

