काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ स्थित साविक ठुल्थान सल्लाघारीलाई हाल गणेशमान पार्क रुपमा बिकास भइरहेको छ ।
उक्त स्थान राष्ट्रपिता पसथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दाको समयमा ३ ठाउमा स्थापित गढी मध्यको एक हो । दहचोक स्थित ईन्द्रथान गढी,नैकाप स्थित ठुल्थान सल्लाघारी र तेश्रोमा तिनथानालाई आधार बनाएर पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण गरेको प्रशंग इतिहासमा उल्लेख छ ।
करिव डेढ दशक अघिदेखि यस स्थानलाई चिल्ड्रेन पार्कको अवधारणबाट स्तरोन्नतीको कार्य हुन सुरु भएको हो । लोहापुरुष गणेशमान सिंहको शालिक स्थापना सहित गणेशमान पार्कको अवस्था जिर्ण हुदै गएपछि पछिल्लो समय स्थानिय सरकार,प्रदेश सरकार र संघिय सरकारको ध्यानाकर्षण हुदै गए पश्चात पार्कको निर्माणले तिब्रता पाएको छ ।
२०७८ सालमा १४ रोपनी क्षेत्रफलमा रहेको यस स्थानको गुरुयोजना तयार भएसंगै अतिक्रमित क्षेत्र फिर्ता ल्याई वाल कम्पाउण्डको कार्य सुरु भएको हो । प्रदेश सरकारको बिभिन्न आर्थिक बर्षमा गरि करिव ९० लाख, संघिय सरकारको आर्थिक बर्ष २०८१/८२ मा बिनियोजित १ करोड ४० लाख र चन्द्रागिरि नगरपालिकाको ६० लाख रुपैयाँको लगानीबाट यस क्षेत्रले अहिले वाल कम्पाउण्डको सिमाङ्कन गर्ने कार्य सम्पन्न गरेको छ । चालु आर्थिक बर्ष २०८२/८३ मा संघिय सरकारबाट १ करोड रुपैयाँ बजेट समेत बिनियोजन भएको छ ।
उक्त बजेटबाट भित्रि पार्कको सौदर्यकरण,पिकनिक स्पट,मर्निङ्ग वाक वे र आवासिय प्रयोजन समेत हुने गरेर बहुउद्देश्सीय भवन बनाउने योजना रहेको चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष राजभाई महर्जनले जानकारी दिए ।अग्लो स्थानमा रहेको यस क्षेत्रमा बन्ने उक्त भवनलाई भ्यूटावरको रुपमा समेत प्रयोग गर्न सकिने छ ।

