काठमाडौं । चन्द्रागिरि सुनचाँदी व्यवसायी तथा कालिगढ संघको प्रथम भेला तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार सतुंगलको एक क्याफेमा भएको भेलाले पुरुषोत्तम सुनारको अध्यक्षतामा १ महासचिव,३ सचिव,२ सहसचिव,१ कोषाध्यक्ष,३ उपाध्यक्ष सहित ३१ सदस्यीय समिति गठन गरेको छ । भेलाले रुपक बिश्वकर्मालाई महासचिव,राजेन्द्र सदाशंकर,अनिता सदाशंकर र नविन बराइलीलाई उपाध्यक्ष,साथै सुमन सुनारलाई कोषाध्यक्षमा चयन गरेको हो ।
चन्द्रागिरि नगर क्षेत्रमा करिव एक सय भन्दा बढी सुनचाँदी व्यवसायीहरु रहेको र एक सय भन्दा बढीको संख्यामा सुनचाँदी पसलहरु रहेका छन । सुनचाँदी व्यवसायमा चन्द्रागिरि नगरक्षेत्रमा मात्रै १ अर्ब ५० करोड भन्दा बढी लगानी रहेको अध्यक्ष पुरुषोत्तम सुनारले बताए ।
सुनचाँदीमा बिधमान कोटा प्रणाली,संन्टिगेट लगायतका बिरुद्ध संगठित हुनुपर्ने अवस्थाका कारण संघको गठन भएको साथै व्यवसायी र कालिगढ बिचको अत्मियतालाई अझै प्रगाढ बनाउने संघको उद्देश्य रहेको छ ।चन्द्रागिरि नगरक्षेत्रमा ५ सय भन्दा बढीको संख्यामा कालिगढहरु रहेका छन ।
संघले सुन बोक्दाको उल्झन हटनुपर्ने,सट्रिफाई सट्रिफिकेट बनाईदिनु पर्ने साथै सुनचाँदी सम्बन्धी स्पष्ट प्रशासनिक नितिको आवश्यकता लगायतका बिषयमा बुलंन्द आवाज उठाउने उद्देश्य राखेको छ । भेलाले ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

