काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले चन्द्रागिरि नगर कमिटीले चन्द्रागिरि नगर क्षेत्रमा बसोबास गरेर २०८१ सालको माध्यामिक शिक्षा परिक्षा (एसईई)मा उतिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
शनिबार सतुंगलको एक पार्टी प्यालेसमा एमाले चन्द्रागिरि नगर कमिटीले विद्यार्थीहरुको सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईले सामुदायीक विद्यालयले स्तरउन्नती,क्षमता अभिबृद्धि, भौतिक प्रगतीमा जोड दिनुपर्ने बताए । उनले शिक्षा निःशुल्क हुनुपर्ने र शिक्षामा सबैको पहुँच हुनुपर्ने भन्दै गुणस्तरिय शिक्षामा सामुदायीक र संस्थागत बिद्यालय बिचको खाडल पुर्न जरुरी रहेको बताए । देशभर जहाँसुकै रहेका विद्यार्थीले प्राप्त गर्ने शिक्षा सरल र गुणस्तरीय हुनु पर्ने भन्दै शिक्षा नितिमा एकरुपता हुनु पर्ने र विश्व बजारमा योग्य प्रतिष्पर्धीका रुपमा उत्पादन हुनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेकपा एमाले चन्द्रागिरि नगर कमिटी अध्यक्ष उत्तम बहादुर राउतले एसईईमा उतिर्ण सबै बिद्यार्थीलाइ बधाइ दिदै विश्वका प्रख्यात व्यक्तित्वको प्रतिबिम्ब बिद्यार्थीहरुमा देखेको बताए । उनले नेपालले शिक्षा क्षेत्रमा निक्कै ठुलो फडको मारेको बताए ।
https://www.facebook.com/share/v/16xREZSq4R/
चन्द्रागिरि नगरपालिकामा रहेका सामुदायीक र संस्थागत विद्यालयका गरि कुल एक हजार ७ सय ९४ विद्यार्थीले एसइइ २०८१ मा उतिर्ण भएका थिए । त्यसमध्य ८ विद्यार्थी फोर जिपिए सहित उतिर्ण भएका हुन ।

