काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले वडा नम्बर ५ र ७ को वडा कार्यालय भवन निर्माण यसै बर्ष सुरु हुने बताएकाछन ।
१५ वटा वडा रहेको चन्द्रागिरि नगरपालिकामा वडा नम्बर ५ र ७ को आफ्नै भवन नहुदाँ भाडाको घरबाट सेवा प्रदान गर्दै आएका थिए । गत साउन १८ गते नेपाल सरकारको मन्त्रि परिषदले नेपाल सरकारको नाममा दर्ता रहेको काठमाडौं जिल्ला साविक थानकोट महादेवस्थान गा.वि.स. वडा नं. ८ ख को तीन रोपनी जग्गा चन्द्रागिरि नगरपालिका ७ नं. वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्ने प्रयोजनका लागि र बडा नं. २ ख को तीन रोपनी जग्गा चन्द्रागिरि नगरपालिका ५ नं. वडा कार्यालयको प्रशासनिक भवन निर्माणको लागि चन्द्रागिरि नगरपालिका, काठमाडौलाई उपयोग गर्न स्वीकृति दिने निर्णय गरे संगै वडा कार्यालय भवन निर्माणको कार्य अघि बढन लागेको हो ।
नगरप्रमुख गिरीले सामाजिक संजाल फेसबुक मार्फत धेरै ‘लामो समयावधिको निरन्तर सक्रियता तथा अथक मेहनत र प्रयास पश्चात चन्द्रागिरि नगरपालिकाको वडा नं . ५ र ७ को वडा कार्यालय भवन निर्माण गर्न दुबै वडाहरु लाइ तिन – तिन रोपनी गरि छ रोपनी जग्गा नेपाल सरकार मन्त्री परिषदको बैठक बाट चन्द्रागिरि नगरपालिकालाइ प्राप्त भएको र दुबै वडा का वडा भवन हरु यसै बर्ष निर्माण कार्य सुरु गरी यथाशिघ्र निर्माण सम्पन्न गरिने…..साथ र सहयोग पुर्याउनु हुने सबैमा हार्दिक धन्यबाद’…भनेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय