काठमाडौं । बागमती प्रदेशको नव नियुक्त उद्योग बाणिज्य,भुमी तथा प्रशासन मन्त्रि बिन्दु श्रेष्ठले प्रदेशले बिनियोजन गरेको बजेट समयमानै कार्यान्वयन हुनुपर्नैमा जोड दिएकी छन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ कमिटीले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्रि श्रेष्ठले समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गर्न बिनियोजित बजेट समयमानै कार्यान्वयन हुनुपर्ने बताईन । चन्द्रागिरि –४ थानकोट निवासी श्रेष्ठले मन्त्री पदको जिम्वेवारीलाई सिङ्गो चन्द्रागिरिको प्रतिनिधित्वको रुपमा ग्रहण गरेको बताउदै प्रदेशले बनाएका योजनाहरु राम्रो र जनमुखी भएता पनि योजनाका लागि बिनियोजित बजेट समयमानै कार्यान्वयन नहुदाँ अपेक्षित लाभ हासील हुन नसकेको बताइन । उनले बिनियोजित बजेट समयमानै कार्यान्वयन गर्नका लागि मंगलबार नै बजेट कार्यान्वयन समिति बनाईएको जानकारी दिइन ।जनतासंग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयको जिम्वेवारी पाएको भन्दै उनले उद्ययमशिलताका लागि बिभिन्न योजनाहरु बनाईएको र ती योजनालाई सार्थक बनाई यूवा र महिलाहरुले आर्थिक समृद्धिको लागि टेवा प्रदान गर्न आग्रह गरिन ।
उनले चन्द्रागिरिको हितका लागि आफु सदै तत्पर रहेको बताइन । उनले भ्रष्टाचार नगर्ने र बिचौलियाको जालझेलमा नपर्ने प्रतिवद्धता समेत व्यक्त गरिन ।बागमती प्रदेशमा पछिल्लो समय बिकसीत राजनैतिक घटनाक्रममा श्रेष्ठले मंगलबार बागमती प्रदेश सरकारको उद्योग,बाणिज्य,भुमी तथा प्रशासन मन्त्रालयको जिम्वेवारी पाएकी हुन ।

