काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ ।

रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।पहिरोका कारण काठमाडौं जाने सवारीसाधन गजुरी र काठमाडौंबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको छ ।

यता,पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ को सात किलामा पहिरो जाँदा अवरुद्ध भएको राजमार्ग सञ्चालन आएको छ । अहिले मेसिनको साहायताले पहिरो पन्छाईएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय