काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लागेका हुन । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार, उनी आज राति काठमाडौं आइपुग्ने छन् । नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भएको हो । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोका अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए। यस अवसरमा उनले विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरू, संयुक्त राष्ट्रसंघका उच्च पदाधिकारीहरू तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूसँग भेटवार्ता पनि गरेका थिए ।
स्वदेश फर्कँने क्रममा प्रधानमन्त्री ओली दुबई प्रस्थान गरेका छन ।प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री ले बिदाइ गरेका हुन । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेकोे छ ।

