काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ मा रहेको किसिपिडी ब्याडमिन्टन क्लबको आयोजनामा शनिबार प्रतियोगिता भएको हो ।
जनै पूर्णिमा र गाईजात्राको अवसर पारेर आयोजना भएको आठौं किसिपिडी आन्तरिक ब्याडमिन्टन प्रतियोगिता २०८२ मा ६० जना ब्याडमिन्टन खेलाडी सहभागी थिए । प्रतियोगितालाई ‘ए’ र ‘बि’ गरि दुई क्याटागोरीमा संचालन गरिएको हो ।
‘ए’ क्याटागोरीमा गम्भिर महर्जन र सन्तोष महर्जनको जोडिले प्रथम स्थान हासिल गरेको हो । खेल वेष्ट अफ थ्रिमा पुग्दाँ मनोज महर्जन र देवकृष्ण महर्जनको जोडी २१–१८,१३–२१ र २१–१४को सेटमा पराजित भए ।

त्यस्तै ‘बि’ क्याट्यागोरीमा सुभाष न्यौपाने र नविन महर्जनको जोडीले बिरेन्द्र महर्जन र कृष्ण गोदारको जोडीलाई २१–१५,२१–१४ को सोझो सेटमा पराजित गरेको हो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्र महर्जनको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको अध्यक्षता किसिपिडी ब्याडमिन्टन क्लबका अध्यक्ष बसन्त महर्जनले गरेका हुन । प्रतियोगिताको संयोजन क्लबका सचिव उज्जल महर्जनले गरेका हुन ।

