काठमाडौं । शुक्रबार राति कैलाली कारागारभित्र भएको झडपमा १ जनाको मृत्यु हुनुका साथै ४७ जना घाइते भए । तीन जनाको  अवस्था गम्भीर छ ।

एक जनाको आइसियुमा उपचार भइरहेको छ । कैदीबन्दीबीच कुटाकुट हुँदा धनगढी ४ का भरत चौधरीको मृत्यु भएको हो ।कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको थियो ।कारागारमा भएको झडपको विषयमा छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।उक्त समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त सदस्य छन् । त्यस्तै अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी पनि सदस्य रहेको छानबिन समितिलाई १० दिनको समय दिइएको छ ।

‘उपयुक्त विधि अपनाई के कसो भएको हो आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्न’ समितिलाई निर्देशन दिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय